नेपाल एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच सम्झौता

विहीबार, २७ मंसिर २०८१, १५ : ४४

काठमाडौं - नेपाल एसबिआई बैंक लि. र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप नेपाल प्रा.लि., फूलबारी, पोखरा बिच नेपाल एसबिआई बैंकका सम्पुर्ण ग्राहकहरुलाई लक्षित गरी मणिपाल टीचिङ हस्पिटल र मणिपाल कलेज अफ मेडिकल साईन्स्मा विभिन्न स्वास्थ्य सेवाहरूमा एमओयु प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्र नेपाल एसबिआई बैंक लि।का प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देकोे उपस्थितिमा बैंकका गन्डकी प्रदेश प्रमुख, मिन बहादुर गुरुङ तथा मेडिकल ग्रुपका प्रमुख कार्यकारी अधिकृत, अनिल ओदूभिल बिच सम्पन्न भएको थियो ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत, रितेश अर्याल र बैंक तथा मेडिकल ग्रुपका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

यस सम्झौताबाट ग्राहक बर्गले बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी हस्पिटलले प्रदान गर्दै आएको विभिन्न स्वास्थ्य सेवाहरूमा १० देखि १०० प्रतिसतसम्मको एमओयु सुविधा उपयोग गर्न सक्ने छन् ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

विहीबार, २७ मंसिर २०८१, १५ : ४४

प्रतिक्रिया