सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, २८ मंसिर २०८१, ११ : ३६

काठमाडौं - शुक्रवार सुनचाँदीको मूल्य घटेको छ । 

अघिल्लो दिन तोलामा १ लाख ५४ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार घटेर तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

शुक्रबार, २८ मंसिर २०८१, ११ : ३६

प्रतिक्रिया