अण्डाको समर्थन मूल्य तोकियो, एक क्रेटको मूल्य कति?

शुक्रबार, २८ मंसिर २०८१, १२ : ०९

काठमाडौं - नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । 

मंसिर २७ गते भर्चुअल माध्यमबाट भएको संघको बैठकले मंसिर २८ गतेदेखि लागू हुनेगरी नयाँ समर्थन मूल्य ताकेको हो ।नयाँ समर्थन मूल्यअनुसार मध्यम अण्डा प्रतिक्रेटको मूल्य ४७० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, ठुलो अण्डा प्रतिक्रेटको मूल्य ४८५ रुपैयाँ तोकिएको छ । यो मूल्य चितवनलाई आधार मानी निर्धारण गरिएको छ । चितवनबाट लोड भई देशैभरीको अण्डा बिक्री डिपोमा पुर्‍याउँदा भाडा,कार्टुन र क्रेटसहित प्रतिक्रेट १४० रुपैयाँ थप लाग्ने संघले जनाएको छ ।

 

 

 

 

शुक्रबार, २८ मंसिर २०८१, १२ : ०९

प्रतिक्रिया