कर्णालीसँग लुम्बिनी लायन्स पाँच रनले पराजित

शुक्रबार, २८ मंसिर २०८१, १३ : १५

काठमाडौं -  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा शुक्रवार त्रिवि मैदान कीर्तिपुरमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले पराजित गरेको छ । 

१२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक थियो। कर्णालीका कप्तान सोमपाल कामीले नन्दन यादवलाई डेथ ओभर बलिङमा पठाएका थिए। उनले तीन रनमात्रै दिँदा कर्णाली ५ रनले विजयी भएको हो।

यो जितसँगै कर्णालीको प्लेअफ सम्भावना बलियो बनेको छ। अब उसले लिगको अन्तिम खेल सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। 

शुक्रबार, २८ मंसिर २०८१, १३ : १५

प्रतिक्रिया