मेस्सी र रोनाल्डो सहित युरोपियन क्लब फुटबलको ‘ड्रिम टिम’ सार्वजनिक

४ बर्ष अगाडि

सुपरस्टार स्टा«इकरद्वय बार्सिलोनाका लियोनल मेस्सी र युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई समेटेदै युरोपियन क्लब फुटबलको ‘ड्रिम टिम’ सार्वजनिक गरिएको छ । 

फुटबलको वेभ साइड गोल डटकमले सार्वजनिक गरेको युरोपको शीर्ष पाँच लिगको ड्रिम टिममा मेस्सी र रोनाल्डो परेका हुन् । दुवैले अग्रपंक्ति सम्हाल्नेछन्  । म्यानचेस्टर सिटीका सर्जियो एग्युरोले पनि अग्रपंक्ति सम्हाल्नेछन् । 

ड्रिम टिमको मिडफिल्डरमा चेल्सीका इडेन हजार्ड, सिटीका बर्नान्डो सिल्भा र बोरुसिया डर्टमन्डका विसल रहेका छन् । डिफेन्डरमा लिभरपुलका रोबर्टसन, भान डिज्क भिर्गिल र एलेक्स आर्नोल्ड तथा बार्सिलोनाका जेराल्ड पीके रहेका छन्  । गोल रक्षकमा  एट्लेटीको म्याड्रिडका ओब्लाक रहेका छन्  ।

गोल डटकमले यस सिजन इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ए, फ्रेन्च लिग वान र जर्मन बुन्डेस लिगामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी सम्मिलित ड्रिम टिम बनाएको हो । टिममा लिभरपुलका खेलाडीको बर्चस्व रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया