काठमाडौं - नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भएको छ ।
शुक्रवार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज तोलामा २२०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुन प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रवार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर घटेर १ हजार ८४० रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया