सुनको मूल्यमा आज सामान्य वृद्धि

सोमबार, ०१ पुस २०८१, १० : ४९

काठमाडौं-  आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सयले बढेको छ । आज सुन तोलामा एक लाख ५१ हजार २०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार सुन तोलामा एक लाख ५० हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको १८४० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि आइतबार पनि चाँदी तोलाको १८४० मै कारोबार भएको थियो ।

सोमबार, ०१ पुस २०८१, १० : ४९

प्रतिक्रिया