काठमाडौं - महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८०\८१ का लागि सेयरधनीहरूलाई ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको सञ्चालक समितिको बैठकले सो लाभांशमा ३ प्रतिशत बोनश सेयर (लाभांशमा लाग्ने कर समेत समेटेर) र ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
बैंकले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुने बताएको छ। यो निर्णय हाल कायम चुक्ता पुँजीको आधारमा गरिएको हो।
प्रतिक्रिया