आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको  ?

मंगलबार, ०२ पुस २०८१, ११ : १६

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सोमबार प्रतितोला चार सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार थप दुई सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्य आइतबारको तुलनामा चार सय रुपैयाँले बढी हो ।

यता, चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर छ । आइतबार र सोमबार प्रतितोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको हो ।
 

मंगलबार, ०२ पुस २०८१, ११ : १६

प्रतिक्रिया