आज पनि घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

विहीबार, ०४ पुस २०८१, १० : ५२

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ हजार ७ सय रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासघंकाअनुसार आज सुन प्रतितोला १ लाख ४९ हजार रूपैयाँ कायम भएको छ ।

हिजो सुन तोलामा १ लाख ५० हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ५५ रूपैयाँले घटेर १ हजार ७ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासघंले जनाएको छ ।

विहीबार, ०४ पुस २०८१, १० : ५२

प्रतिक्रिया