सुनको मूल्यमा निरन्तर गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, ०५ पुस २०८१, १० : ५३

काठमाडौं- नेपाली बजारमा आज पनि  सुनको मूल्यमा गिरावट आएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

शुक्रबार, ०५ पुस २०८१, १० : ५३

प्रतिक्रिया