काठमाडौं - सरकारले औद्योगिक तथा लगानी प्रवर्धन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि- २०८१ सार्वजनिक गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको हो । मुलुकको औद्योगिक विकासका लागि लघु, घरेलु तथा साना उद्योग विकास औद्योगिक प्रवर्धन, रुग्ण उद्योगको पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापन एवं महिला उद्यमशीलताको विकास गर्न यो कार्यविधि ल्याइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यो कार्यविधि औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५१ बमोजिम औद्योगिक लगानी प्रवर्धन कोषको रकम उपयोग गर्ने सम्बन्धमा प्रक्रियागत व्यवस्था गर्न औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी बनाइएको हो ।
प्रतिक्रिया