काठमाडौं - केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले टाटे सिमीमा विषादीको मात्रा धेरै भेटिएको छ ।
आइतबार फलफूल तथा तरकारीमा विषादीको मात्रा परीक्षण गर्दा टाटे सिमीमा अर्गानोफस्फेट नामक विषादीको मात्रा ५८ प्रतिशतभन्दा बढी भएको फेला परेको हो ।
सर्लाहीबाट ल्याइएको उक्त टाटे सिमी खेमराज खरेलको ६६८ नम्बरको पसलबाट नमुना परीक्षणका लागि लिइएको थियो । उक्त सिमीमा ५८.०९७६ प्रतिशत अर्गानोफस्फेट नामक विषादीको मात्रा भेटिएको हो ।
कालीमाटीले अर्गानोफस्फेट र कार्वामेट नामक विषादी परीक्षण गर्दै आएको छ । यस्तो तरकारीमा ३५ प्रतिशतभन्दा कम विषादीको मात्रा भएमा उपभोग योग्य मानिन्छ र ३५ माथि ४५ भन्दा कम भएमा केहिदिन राखेर उपयोग गर्न सकिन्छ र ४५ प्रतिशतभन्दा बढी भएमा उपयोग अयोग्य मानिन्छ ।
प्रतिक्रिया