पाँच महिनामा ५ खर्ब ८७ अर्ब व्यापार घाटा,  निर्यात दर सुधारिंदै

सोमबार, ०८ पुस २०८१, ११ : ४८

काठमाडौं - चालु आर्थिक वर्ष २०८१\८२ को पाँच महिनामा नेपाललाई ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ व्यापार घाटा भएको छ । 

भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । यही अवधिमा नेपालले जम्मा ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको सामग्री निर्यात गरेको छ । आयात गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा ३ प्रतिशत बढी हो भने निर्यात १६.५४ प्रतिशत बढी हो ।  

पाँच महिनामा नेपालले कुल ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यो गत आवको पाँच महिनाको तुलनामा ४.२१ प्रतिशत बढी हो ।  

 

 

सोमबार, ०८ पुस २०८१, ११ : ४८

प्रतिक्रिया