काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्थाका १२ जना संस्थापक सेयरधनीले आफूहरूको २१ लाख ३० हजार ८०५ कित्ता सेयर बिक्रीमा राखेका छन्।
बिक्रीकर्तालाई कोड नम्बर एदेखि एलसम्म छुट्याइएको छ। सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ५२५ रुपैयाँदेखि अधिकतम ६ सय रुपैयाँसम्म तोकिएको जनाइएको छ। यो सेयर हाल कम्पनीका अन्य विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन्।
संस्थापकबाट ३५ दिनभित्र सेयर खरिद नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ।
प्रतिक्रिया