काठमाडौं - चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा एक अर्बभन्दा बढीको सिमेन्ट निर्यात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार ५ महिना १ अर्ब ४ करोड ४३ लाख बराबरको ६ लाख ९९ हजार ५१० मेट्रिक टन सिमेन्ट भारततर्फ निर्यात भएको हो । जसमध्ये ३८ करोड ८२ लाख ६२ हजार रुपैयाँको ४ लाख ३६ हजार ९०६ मेट्रिक टन क्लिङ्कर निर्यात भएको छ ।
यसै गरी ६५ करोड ६० लाख ४० हजार रुपैयाँको २ लाख ६२ हजार ६०४ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ ।
प्रतिक्रिया