५ महिनामा पासपोर्ट आयातमा बाहिरियो ८८ करोड २३ लाख

सोमबार, ०८ पुस २०८१, १५ : ०८

काठमाडौं - चालु आर्थिक वर्षको ५ महिनामा पासपोर्ट आयात गर्दा ८८ करोडभन्दा बढी रकम बाहिरिएको छ ।

भन्सार विभागका अनुसार साउनदेखि मंसिर मसान्तसम्ममा ८८ करोड २३ लाख १७ हजार रुपैयाँ बराबरको पासपोर्ट आयात भएको हो । सरकारले लामो समयदेखि बाहिरी मुलुकबाट पासपोर्ट आयात गर्दै आएको छ ।

५ महिनाको अवधिमा ३० हजार ५० किलो पासपोर्ट आयात गरिएको तथ्यांकमा उल्लेख छ ।

सोमबार, ०८ पुस २०८१, १५ : ०८

प्रतिक्रिया