काठमाडौं - नेपाल स्टक एक्सचेन्जले आत्मनिर्भर लघुवित्तलाई सेयर कारोबार रोक्का गर्दै ३ दिन भित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
लघुवित्तको सञ्चालक समितिको बैठकले आइतबार गत आर्थिक वर्षको लाभांश घोषणासम्बन्धी निर्णय गरेर त्यसको जानकारी आज मात्रै कारोबार समय १२ः१३ बजेमात्र नट्समार्फत पठाएको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरी स्पष्टीकरण सोधेको हो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया