महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनीको आयोजना

सोमबार, ०८ पुस २०८१, १७ : १४

काठमाडौं - उद्यमी महिलाले तयार गरेको विभिन्न सीप तथा व्यवसायमूलक उत्पादनका सामग्रीहरूको बिक्री तथा प्रदर्शनका लागि आयोजना गरिएको विन्टर कार्निभल २०२४ सम्पन्न भएको छ । 

बुढानीलकण्ठ नगरपालिका स्थित इटालीटारमा रहेको सुम्दिमा सिल्क प्लालेसको परिसरमा आयोजना गरिएको कार्यक्रम नगरपालिकाकी उपप्रमुख अनिता लामा, चर्चित अभिनेत्री मनीषा कोइरालाले संयुक्त रूपमा शुभारम्भ गरेका थिए ।

बुढानिलकण्ठ इटलीटारमा रहको सुम्दिमा सिल्क प्लालेस र वेलकम इभेन्ट म्यानेजमेन्टले आयोजना गरिएको कार्यक्रममा हस्तकलाका सामग्री, विभिन्न कपडाहरु ,घरेलु उत्पादित विभिन्न खाद्य पदार्थ अन्तर्राष्ट्रिय ब्राण्डका तयारी पोसाकहरू प्रदर्शनीका साथै बिक्री गरिएको थियो । 

उपप्रमुख लामा र अभिनेत्री कोइरालाले  महिलाहरूको सीप र उद्यमशीलता प्रवर्द्धनका लागि व्यवस्थित र सुन्दर संयोजन सहितको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दे उद्यमशीलता प्रवर्द्धनमा सँगसँगै हुने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा मनिषा भट्टराई वासकोटा र अनु पाठकले संयोजन गरेका थिए ।  

सोमबार, ०८ पुस २०८१, १७ : १४

प्रतिक्रिया