साढे ३ अर्ब बराबरको अलैँची निर्यात

मंगलबार, ०९ पुस २०८१, १६ : ०३

काठमाडौं - चालु आवको साउनदेखि मंसिर मसान्तसम्ममा ३ अर्ब ४५ करोड ७२ लाख ८४ हजार रुपैयाँ बराबरको २०७४८६५ किलो अलैँची निर्यात भएको छ ।

भन्सार विभागका अनुसार जसमध्ये सबैभन्दा ठुलो परिमाणमा भारत तर्फ निर्यात भएको छ । भारतमा ३ अर्ब ४५ करोड ६३ लाख ७४ हजार रुपैयाँ बराबरको २०७४५०० किलो अलैँची निर्यात भएको छ ।

यस्तै ७ लाख २० हजार रुपैयाँ बराबरको २४० किलो अलैँची फ्रान्स निर्यात भएको छ । यस्तै १ लाख ७३ हजार रुपैयाँ बराबरको ११० किलो अस्ट्रेलिया र ४४ हजार रुपैयाँको १५ किलो अलैँची स्वीजरल्याण्डमा निर्यात भएको छ । 

मंगलबार, ०९ पुस २०८१, १६ : ०३

प्रतिक्रिया