सुनको मूल्यमा सामान्य गिरावट

बुधबार, १० पुस २०८१, १० : ४७

काठमाडौंं- आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य एक सयले घटेर प्रति तोलामा एक लाख ४९ हजार ७०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि मंगलबार सुन तोलामा एक लाख ४९ हजार ८ सयमा नै कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलामा ५  रुपैयाँले बढेर १८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि मंगलबार चाँदी तोलाको १८०५ मा कारोबार भएको थियो ।

बुधबार, १० पुस २०८१, १० : ४७

प्रतिक्रिया