काठमाडौं - चालु आर्थिक वर्षको ५ महिनामा ४ अर्ब ९६ करोड ३३ लाख रुपैयाँको २ लाख ४६ हजार ४०४ वर्ग मिटर गलैँचा निर्यात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार गत वर्षको यसै अवधिमा साढे ४ अर्ब रुपैयाँ बराबरको गलैँचा निर्यात भएको थियो । सबैभन्दा बढी अमेरिकामा २ अर्ब ८३ करोड ५४ लाख रुपैयाँको गलैँचा निर्यात भएको छ ।
चीनमा ६१ करोड ६ लाख, जर्मनमा ३० करोड रुपैयाँको गलैँचा निर्यात भएको छ । यस्तै भारतमा २५ करोड, बेलायतमा २२ करोड इटालीमा २२ करोड, फ्रान्समा १४ करोड, अस्ट्रेलियामा १३ करोड र बेल्जियममा १२ करोड रुपैयाँको गलैँचा निर्यात भएको छ ।
दुबई, क्यानडा, स्विजरल्यान्ड, अस्ट्रिया, ब्राजिल, लाट्भिया, मालदिभ्स लगायत ५० भन्दा बढी मुलुकमा गलैँचा निर्यात भएको छ ।
प्रतिक्रिया