गुणस्तरहीन बन्दै ईसेवा ! पटक–पटक देखिने प्राविधिक समस्याले प्रयोगकर्तालाई सास्ती

शुक्रबार, १२ पुस २०८१, १० : ३७

काठमाडौं- नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाको गुणस्तर खस्किदैं गएको छ । कुनै समय नेपाली बजारमा उत्कृष्ट सेवा दिदै आइरहेको ईसेवा पछिल्लो समय प्राविधिक समस्याबाट गुज्रि रहेको हो ।

ईसेवामा पटक–पटक देखि रहेको गम्भीर प्राविधिक समस्याले गर्दा लाखौ ग्राहकहरुलाई सास्ती हुने गरेको छ ।

समस्या दोहोरिन थालेपछि कम्पनीले सार्वजनिक सूचना निकालेर समस्याको तत्काल समाधान हुने आशवासन दिएको छ । कम्पनीले सूचना जारी गर्दै प्राविधिक समस्या देखिएको तत्काल समाधान हुने बताएको छ ।

तर, इसेवामा यसरी समस्या देखिएको यो पहिलो पटक भने होइन । यसअगाडि पनि पटक पटक समस्या देखिँदै आइरहको छ। दुई दिनअघि मात्र पनि ईसेवा प्रणालीमा समस्या देखिएको थियो ।

यसरी बारम्बार समस्या देखिरहँदा डिजिटल भुक्तानीमा अभ्यस्त भइसकेका सेवाग्राहीहरूले समस्या भोग्दै आएका छन् ।

शुक्रबार, १२ पुस २०८१, १० : ३७

प्रतिक्रिया