अमेरिकाका पूर्वराष्ट्रपति ओबामाले गरे मेस्सीको तारिफ

४ बर्ष अगाडि

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको तारिफ गरेका छन् । अघिल्लो दिन एक कार्यक्रमम बोल्दै ओबामाले मेस्सीलाई एक ‘अद्भुत’ खेलाडी भन्दै तारिफ गरेका हुन् ।

मेस्सीको तारिफ गर्दै ओबामाले अर्जेन्टिनाले मेस्सीको नेतृत्वमा किन विश्वकप जित्न सकेन भन्नेबारे पनि धारणा राखे । उनले मेस्सीलाई ठूला उपलब्धि जित्न अझै संघर्ष गर्न सुझावसमेत दिए ।

‘एक्ज्म कन्फ्रेन्स’मा बोल्दै ओबामाले मेस्सीको खुलेर तारिफ गरे । उनले भने, ‘म मेस्सीलाई ज्यादै नजिकबाट हेर्छु, उनी साँच्चै अद्भुत खेलाडी हुन् ।’

अर्जेन्टिनाले मेस्सीको नेतृत्वमा किन विश्वकप जित्न सकेन भन्नेबारे ओबामाले भने, ‘मेस्सी अद्भुत छन् । अर्जेन्टिनाले विश्वकप जित्न नसक्नुमा टिमभित्रै समस्या छन्,’ ओबामाले थपे ।

ओबामाले मेस्सीलाई विश्वकपको उपाधि जित्न अझै संघर्ष गर्न सुझाव दिए । मेस्सीले बार्सिलोनामा जस्तै सफलता देशलाई दिन हिम्मत हार्न नहुने बताए । ‘मेस्सीले बार्सिलोनामा जस्तै सफलता अर्जेन्टिनालाई दिन अझै संघर्ष गर्नुपर्छ,’ ओबामाले भने, ‘तर, अब उनीसँग निकै कम समय छ ।’

ओबामाले बताएका छन् कि, सन् २०१४ को विश्वकप जित्न मेस्सीका लागि करिअरको सबैभन्दा सही समय थियो । ‘उनी त्यत्तिबेला युवा थिए । र, टिम फाइनलमा पुगेको थियो । मेरो विचारमा विश्वकप जित्न उनका लागि त्यो नै सुनौलो समय थियो,’ ओबामाले भने ।

मेस्सी अहिले अर्जेन्टिनी टोलीमा व्यस्त छन् । जुन १४ बाट ब्राजिलमा हुने कोपा अमेरिका फुटबलमा मेस्सीले कप्तानी भूमिका निभाउँदैछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया