भृकुटीमण्डपमा च्याउ मेला तथा परिकार महोत्सव हुने

शनिबार, १३ पुस २०८१, १५ : ३४

काठमाडौं - राजधानीको भृकुटीमण्डपमा पुस १५ गते च्याउ मेला तथा परिकार महोत्सव हुने भएको छ ।

राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपालले सो मेलाको आयोजना गर्ने भएको हो । कृषिमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा हुने मेलामा ४० वटा स्टल रहने बताइएको छ । 

शनिवार संघले एक पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रमबारे जानकारी दिएको छ । संघका अनुसार मेला दिन बिहान कालिमाटीबाट भृकुटीमण्डपसम्म मोटरसाइकल र्यालीको आयोजना समेत हुनेछ ।

साथै, मेलामा राष्ट्रिय कलाकारहरूको उपस्थितिमा विशेष सांस्कृतिका कार्यक्रम समेत हुने आयोजक पक्षले जनाएको छ । 

शनिबार, १३ पुस २०८१, १५ : ३४

प्रतिक्रिया