काठमाडौं - चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा २४ करोड ८८ लाख ९६ हजार रुपैयाँ बराबरको कुरकुरे, कुरमुरे, लेज र चिजबल आयात भएको छ ।
५ महिनामा ४८८१३३ किलो कुरकुरे, कुरमुरे, लेज र चिजबल आयात भएको भन्सार विभागले जनाएको छ । जसमध्ये सबैभन्दा ठूलो परिमाणमा भारतबाट आयात भएको छ । भारतबाट २० करोड १२ लाख ५० हजार रुपैयाँको चिजबल, कुरकुरे, लेज आयात भएको छ ।
यस्तै ३ करोड २२ लाख १४ हजार रुपैयाँको मलेशियाबाट, ६४ लाख ८३ हजार रुपैयाँको दक्षिण कोरिया बाट,२६ लाख ७० हजार रुपैयाँको चीन बाट र ६२ लाख ८० हजार भियतनाम लगायत अन्य देश आयात भएको छ ।
उक्त कुरकुरे, चिबल आयात हुँदा १५ करोड ५९ लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
प्रतिक्रिया