सातामा प्रतितोला ११ सय रुपैयाँले बढ्यो सुनको

शनिबार, १३ पुस २०८१, १७ : ०८

काठमाडौं –नेपाली बजारमा यो साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य अघिल्लो दिन अर्थात् शुक्रबारको तुलनामा प्रतितोला १ हजार रुपैयाँले बढेर सुरु भयो । शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको मूल्य आइतबार १ हजार रुपैयाँले बढेको थियो । 

आइतबार बढेको  सुनको मूल्य सोमबार पनि सामान्य बढ्यो । त्यसदिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो । यस्तै, आइतबार र सोमबार बढेको सुनको मूल्य मंगलबार भने स्थिर रह्यो । 

मंगलबार स्थिर रहेको सुनको मूल्यमा बुधबार सामान्य अर्थात् १ सय रुपैयाँको गिरावट देखियो । बुधबार प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार ६ सय रुपैयाँले बढ्यो । यस्तै, शुक्रबार सुनको मूल्यमा चार सय रुपैयाँको वृद्धि देखियो । 

यो साताको आइतबार र सोमबार सुनको मूल्य बढ्दा मंगलबार भने स्थिर रह्यो । बुधबार सामान्य घटेको सुनको मूल्य बिहीबार र शुक्रबार भने बढ्यो । आइतबार प्रतितोला  एक लाख ४९ हजार छ सय रुपैयाँबाट सुरु भएको सुनको मूल्य शुक्रबारसम्म एक लाख ५० हजार सात सय रुपैयाँ पुग्यो । समग्रमा यो साताको सुनको मूल्यमा ११ सय रुपैयाँको वृद्धि देखियो । अघिल्लो साता सुनको मूल्यमा  २३ सय रुपैयाँले गिरावट आएको थियो ।

कुन दिन कति थियो सुनको मूल्य : 
आइतबार :१ लाख ४९ हजार ६ सय रुपैयाँ
सोमबार : १ लाख ४९ हजार ८ सय रुपैयाँ
मंगलबार :  १ लाख ४९ हजार ८ सय रुपैयाँ ९स्थिर०
बुधबार :  १ लाख ४९ हजार ७ सय रुपैयाँ
बिहीबार  :१ लाख ४९ हजार ७ सय रुपैयाँ
शुक्रबार: १ लाख ५० हजार ७०० रुपैयाँ
                 

शनिबार, १३ पुस २०८१, १७ : ०८

प्रतिक्रिया