च्याउ उत्पादक किसान संघद्वारा दिपक न्यौपाने सम्मानित

सोमबार, १५ पुस २०८१, १६ : २९

काठमाडौं - च्याऊ दिवसको अवसरमा आयोजित कार्यक्रममा एनसी एग्रोटेकका दिपक न्यौपाने सम्मानित भएका छन् । 

नेपालमा राजा च्याउको व्यवसायिक उत्पादन गरेका न्यौपानेलाई च्याउ उत्पादक किसान संघले सम्मानित गरेको हो । नवलपरासीमा अत्याधुनिक ल्याबमार्फत राजा च्याउ उत्पादन गर्दै आएको एनसी एग्रोटेकका न्यौपाने संस्थापक मध्येका एक हुन् ।

सोही कार्यक्रममा विभिन्न क्षेत्रबाट च्याउ उत्पादन गर्ने व्यक्तिहरुलाई मन्त्री अधिकारीले सम्मान गरेका थिए ।

सोमबार, १५ पुस २०८१, १६ : २९

प्रतिक्रिया