आज सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

मंगलबार, १६ पुस २०८१, १० : ५१

काठमाडौं- मंगलबार सुनको मूल्य घटेको छ । आइतबार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार भने घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने सार्वजनिक बिदा भएका कारण सुनचाँदीको मूल्य निर्धारण भएको थिएन । 

यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएको छ । 

मंगलबार, १६ पुस २०८१, १० : ५१

प्रतिक्रिया