काठमाडौं - चालु आर्थिक वर्ष २०८१ साउनदेखि मंसिर मसान्तसम्ममा ३९ करोड १ लाख ६३ हजार रुपैयाँको बिस्कुट आयात भएको छ ।
भन्सार विभागका अनुसार ५ महिनामा १८ मुलुकबाट १६०९९१० किलो बिस्कुट आयात भएको छ । उक्त बिस्कुट आयात हुँदा ३१ करोड ९९ लाख ३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यसै गरी सबैभन्दा बढी भारतबाट बिस्कुट आयात भएको विभागको तथ्यांकले देखाएको छ । भारतबाट ३० करोड ८९ हजार रुपैयाँको १३५९५०५ किलो बिस्कुट आयात भएको छ ।
प्रतिक्रिया