गोर्खाज फाइनान्सको सीईओमा अधिकारी नियुक्त

बुधबार, १७ पुस २०८१, १२ : ११

काठमाडौं- गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश चन्द्र अधिकारी नियुक्त भएका छन् ।

पुस १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई पुस १८ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार उनको कार्याकाल आगामी चार वर्षको हुनेछ ।

बुधबार, १७ पुस २०८१, १२ : ११

प्रतिक्रिया