टेलिकमको नयाँ रेट :१४२४ एक्सेस कोडमार्फत भारतमा कल गर्दा ३.७६ रुपैयाँ लाग्ने

बुधबार, १७ पुस २०८१, २० : ३६

काठमाडौं- नेपाल टेलिकमले विगत देखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागु गरेका विभिन्न विकल्पहरु मध्ये  एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई मिति २०८१ पुस १५  गते राती १२ः०० बजेदेखि लागु हुनेगरी एक्सेस कोड १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट रु. ३.७६ कायम गरिएको हो ।

यसका साथै एक्सेस कोड  १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर  ६० सेकेण्ड निर्धारण गरिएको छ ।                                

बुधबार, १७ पुस २०८१, २० : ३६

प्रतिक्रिया