शुक्रवारदेखि बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग हुने

विहीबार, १८ पुस २०८१, १७ : २३

काठमाडौं - टोखा नगरपालिकाको आयोजनामा दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग शुक्रवारदेखि हुने भएको छ ।

लिगमा पुरुष र महिलामा समान पाँच–पाँच गरी १० तौल समूहमा प्रतिस्पर्धा हुने टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ किलो तौल समूहमा खेल हुनेछ । त्यस्तै महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ किलोमा प्रतिस्पर्धा हुनेछ ।

काठमाडौँ जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो सङ्घको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १०, सात र तीन अङ्क प्रदान गरिने छ । प्रतियोगिताका खेलहरू टोखा नगरपालिका–५ को कार्यालयमा हुनेछ ।

तीन तीन महिनाको अवधिमा सञ्चालन गर्ने गरी सुरुआत गरिएको उक्त लिगको तेस्रो संस्करण आगामी फागुन र चौथो संस्करण जेठमा हुने आयोजकले जनाएको छ । 

विहीबार, १८ पुस २०८१, १७ : २३

प्रतिक्रिया