सांसद ढकाल र श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घे बीच भेटवार्ता

शुक्रबार, १९ पुस २०८१, १२ : १३

काठमाडौं - प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले नेपाल भ्रमणमा रहेका श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेसंग बिहीबार भेटवार्ता गरेका छन् । 

काठमाडौंको एक होटेलमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । सांसद ढकालले पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेले लुम्बिनी भ्रमण गरेकोमा धन्यवाद समेत दिए। 

भेटमा दूई देशको आपसी हितको बारेमा पनि छलफल भएको भेटका सहभागी नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेल जानकारी दिए । सांसद ढकाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य समेत हुन् 

शुक्रबार, १९ पुस २०८१, १२ : १३

प्रतिक्रिया