बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, १९ पुस २०८१, १६ : २१

काठमाडौं -  बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालले आफ्नो बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

सभाले नयाँ कार्य समिति सर्व सहमति साथ चयन समेत गरेको हो । नयाँ कार्यसमितिको अध्यक्षमा विसु कुमार के.सी. चयन भएका छन् । अमर बहादुर थापा उपाध्यक्ष, लक्ष्मण प्रसाद रिमाल महासचिव, सरोज खनाल सचिव, शिवा थापा कोषाध्यक्ष पदमा चयन भएका हुन् । 

सभाले चुडामणी देवकोटा, डा.प्रतिभा पाण्डे, अधिवक्ता लक्ष्मी सापकोटा, अधिवक्ता मुकेश ढुङ्गाना र सज्जनवर सिंह थापालाई सदस्यमा चयन गरेको छ । यस अघि संस्थाको अध्यक्ष पदमा मधुसूदन पौडेलले सम्हाल्दै आएका थिए । कार्य समितिको निर्वाचन अधिकृतको रूपमा अधिवक्ता बोध लाल पुरी रहेका थिए ।

शुक्रबार, १९ पुस २०८१, १६ : २१

प्रतिक्रिया