सुनको मूल्य घट्यो, चाँदीको स्थिर

आइतबार, २१ पुस २०८१, ११ : ११

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसअघिको तुलनामा सुनको भाउ तोलामा १५ सय रुपैयाँ घटेको हो । 

शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार ५ सय रुपैयाँ थियो भने आज घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । यता, चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ८१० रुपैयाँ कायम गरिएको छ ।

आइतबार, २१ पुस २०८१, ११ : ११

प्रतिक्रिया