काठमाडौं - मेरो माइक्रो फाइनान्स वित्तीय संस्थाको शाखा कार्यालय, भवानीपुर, बाँके र कोहलपुर डेन्टल हस्पिटलबीच पुस २१ गते सम्झौता भएको छ ।
मेरो माइक्रो फाइनान्समा आबद्ध सबैलाई डेन्टल हस्पिटलको दन्त सेवाहरूमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने गरी सम्झौता भएको हो । सो सम्झौता अनुसार यस संस्थामा आबद्ध कर्मचारी तथा यस संस्थासंग खाता खोली हाल कारोबार गरिरहेका सदस्य तथा सदस्यका सबै परिवारहरूलाई दन्त सेवाहरूमा छुट दिने गरी सम्झौता गरिएको कोहलपुर,डेन्टल हस्पिटलका प्रमुख गजेन्द्र शाहीले जानकारी दिए ।
साथै, मेरो माइक्रो फाइनान्स वित्तीय संस्था शाखा कार्यालय, भवानीपुर, बाँकेका शाखा प्रमुख प्रशान्त शाहले यस कोहलपुर डेन्टल हस्पिटलसंगको सम्झौतामा कर्मचारी तथा हाम्रा सदस्य तथा सदस्यका परिवारलाई समेत दन्त सेवाहरूमा ५० प्रतिशत सम्मको छुट दिने गरी पहिलो पटक यस संस्थाले सम्झौता गरेको बताए ।
उक्त सुविधाको लागी संस्थासँगको कारोबार खुल्ने कागज लिनुपर्ने र कर्मचारीको हकमा कर्मचारी कार्ड लिनु पर्ने तथा यो सम्झौता गरेको मितिले ५ वर्ष सम्म मान्य हुने जानकारी दिए । यस मेरो माइक्रो फाइनान्स वित्तीय संस्थाको नेपाल भरीका १४९ शाखा कार्यालयमा कारोबार गरेका सदस्यले समेत यो सुविधा प्रयोग गर्न पाउने शाहले जानकारी दिए ।
प्रतिक्रिया