काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोग गरेको भन्दै आइतबार सरकारी वकिलको कार्यालयले लामिछानेसहितलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो। अभियुक्तहरूबाट एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गरी ३९ जना विरुद्ध मुद्दा दर्ता गराएको हो ।
लामिछानेलाई पनि मुख्य अभियुक्त बनाइएको छ । काठमाडौं प्रहरीले स्वर्णलक्ष्मीको अनुसन्धान गरेर प्रतिवेदन बिहीबार वकिल कार्यालय बुझाएको थियो । अभियुक्तहरूमा ओखलढुंगाका गितेन्द्र बाबुराई सहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र लामिछाने पूर्वडीआईजी छविलाल जोशीसहित ३९ जना छन् ।
प्रतिक्रिया