काठमाडौं - लिपुलेकसम्बन्धी पछिल्लो प्रकरणमा सरकार गैरजिम्मेवार बनेको भन्दै धर्ना दिन गएका ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्त पुर्याएको छ ।
‘सरकार लिपुलेक कहिले फिर्ता गर्ने ?’ लेखिएको ब्यानर घाँटीमा झुण्ड्याएका उनी त्यसलाई ज्याकेटले छोपेर सिंहदरबार गेटसम्म पुगे । आज १२ बजेदेखि २ बजेसम्म एक्लै धर्ना बस्ने उनको योजना थियो ।
सिंहदरबार गेटमा पुगेर ज्याकेट फुकालेर उनले आफ्नो ब्यानर प्रदर्शन गरे । तर, त्यसको एक मिनेटभित्रै प्रहरीले पक्राउ गरेको नेपालले बताएका छन् । आफूलाई सिंहदवार वृत्तभित्र यत्तिकै राखिएको उनले जानकारी दिए ।
आफू सिंहदरबारको दक्षिणी गेटमा धर्ना बस्न जान लागेको उनले फेसबुकमा पोस्ट गरेर जानकारी गराएका थिए ।
प्रतिक्रिया