भूकम्पबाट नेपालमा भएको क्षति विवरण संकलन गर्न सशस्त्र प्रहरी परिचालन

मंगलबार, २३ पुस २०८१, १२ : २६

काठमाडौं- चीन केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको भूकम्पबाट नेपालमा भएको क्षति विवरण संकलनका लागि सशस्त्र प्रहरीका २५ सय जवान परिचालन गरिएको छ । 

भौतिक तथा मानवीय क्षतिको विवरण बुझ्न कोशी, मधेस र बाग्मती प्रदेशमा रहेका  युनिटहरूबाट करिब २५ सय जना परिचालन गरिएको हो ।  केही जिल्लाका १,२ वटा कच्ची घर सामान्य चर्किएको बाहेक ठुलो भौतिक तथा मानवीय क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन । 

रामेछाप , सिन्धुपाल्चोक , ओखलढुंगा, सोलुखुम्बुमा केही घरमा सामान्य क्षति पुगेको छ ।

मंगलबार, २३ पुस २०८१, १२ : २६

प्रतिक्रिया