काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं ९ स्थित श्री सुर्के माध्यमिक विद्यालय भण्डारेका विद्यार्थीहरूलाई स्कुल ब्याग तथा शैक्षिक सामग्री वितरण गरेको छ।
एक समारोहका बीच बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले विद्यालयका समितिका अध्यक्ष र प्रधानाध्यापकलाई औपचारिक रूपमा उक्त सामग्री हस्तान्तरण गरे। कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (नियुक्त) राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्यालसहित बैंकका अन्य उच्च पदाधिकारी र विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो।
नेपाल एसबिआई बैंकले शिक्षा क्षेत्रमा यस किसिमका कार्यक्रम समय-समयमा गर्दै आएको छ। हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ।
प्रतिक्रिया