महसुल नतिरेपछि कांग्रेस संसदीय दल कार्यालयको विद्युत काटियो

विहीबार, २५ पुस २०८१, १३ : २६

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारको बत्तीको लाइन काटिएको छ । 

संघीय संसद् सचिवालयले बत्तीको पैसा नतिरिदिएपछि आज बिहानैदेखि कांग्रेस संसदीय दलको कार्यकालको बत्तीको लाइन काटिएको हो । 

बत्तीको पैसा तीन महिना अर्थात् ९० दिनसम्म नतिरेपछि नेपाल विद्युत् प्राधिकरणको ग्राहक सेवा निर्देशनालयमा रहेको सफ्टवेयरले स्वचालित रूपमा लाइन काट्छ । स्रोतबाट प्राप्त जानकारी अनुसार करिब ६५ हजार रुपैयाँ तिर्न बाँकी छ ।  पैसा तिर्नको लागि चेक काटिएको र केही बेरमा बुझाइने स्रोतले बताएको छ । 

विहीबार, २५ पुस २०८१, १३ : २६

प्रतिक्रिया