रास्वपाका शीर्ष नेताहरू पुगे कास्की अदालत

विहीबार, २५ पुस २०८१, १६ : २९

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू जिल्ला अदालत कास्की पुगेका छन् ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाको आदेश आउने तयारी भइरहेका बेला रास्वपाका शीर्ष नेताहरू अदालत पुगेका हुन् । रास्वपा नेताहरू डीपी अर्याल, मनिष झा, विराजभक्त महर्जन, हरि ढकाल, शिव नेपालीलगायतका कास्की अदालतमा आएका छन् । 

कास्की जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेले आफ्ना कुरा राखेपछि थुनुवा विश्राम कक्ष आराम गरिरहेका छन् । अदालतको इजलासमा करिब २ घण्टादेखि आदेश लेखन चलिरहेको छ । 

यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले  सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । प्रहरीबाहेक सडकमा अन्य मानिसहरू देखिएका छैनन् । 

 

 

विहीबार, २५ पुस २०८१, १६ : २९

प्रतिक्रिया