काठमाडौं - नेपालमा पाँच वर्षमा ५२ हजार हेक्टर भन्दा बढी धान रोप्ने क्षेत्रफल घटेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा ५२ हजार हजार हेक्टर भन्दा बढी धान बाली हुने क्षेत्रफल घटेको हो ।
आर्थिक वर्ष २०७७\७८ मा १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा भएको धान रोपाइँ चालु आर्थिक वर्षमा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा भएको छ । यो भनेको ५२ हजार ८३८ हेक्टर क्षेत्रफल कम हो ।
चालु आर्थिक वर्ष (२०८१\०८२) मा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएको छ । पाँच अघि ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो ।
प्रतिक्रिया