यस्तो छ विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका

विहीबार, २५ पुस २०८१, १७ : ३५

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका ल्याएको छ । 

गत मङ्सिर ९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरे लगत्तै मन्त्रालयले सो निर्देशिका ल्याएको हो । सो निर्देशिकाको किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्धन गर्ने तथा महिनावारी स्वास्थ्य व्यवस्थापन गर्ने, स्वास्थ्य जीवनशैली अपनाउन प्रेरित गर्ने र आधारभूत स्वास्थ्य तथा पोषण सेवाको पहुँच पुर्‍याउने उद्देश्य रहेको छ ।

एक हजार बढी विद्यार्थी सङ्ख्या रहेको विद्यालयले एक जना नर्स राख्नुपर्ने र सोभन्दा बढी विद्यार्थी सङ्ख्या भएमा थप एक जना नर्स राख्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

विहीबार, २५ पुस २०८१, १७ : ३५

प्रतिक्रिया