प्रतितोला ८०० ले बढ्यो सुन, चाँदीको कति ?

शुक्रबार, २६ पुस २०८१, ११ : ११

काठमाडौं -नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको मूल्य बढेको छ ।आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो । बिहीबार पनि सुनको मूल्य ८०० रुपैयाँले नै बढेको थियो ।

आज छापावाल सुन प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि थोरै बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेको हो ।

आज चाँदी तोलामा १ हजार ८४५ रुपैयाँले कारोबार भइरहेको महासङ्ले जनाएको छ ।

शुक्रबार, २६ पुस २०८१, ११ : ११

प्रतिक्रिया