काठमाडौं विश्वविद्यालयका डाक्टरहरू पुगे सर्वोच्च

शुक्रबार, २६ पुस २०८१, १६ : १४

काठमाडौं - काठमाडौं विश्वविद्यालय (केयू)का  डाक्टरहरू सर्वोच्च पुगेका छन् ।

मेडिकलबाट उपकुलपतिमा आवेदन दिन नपाउने गरी कार्यविधि बनाएको भन्दै डाक्टरहरू सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् । उपकुलपति छनोट समितिले बनाएको कार्यविधिमा मेडिकल क्षेत्र मात्र समावेश नगर्ने कार्य गैर कानुनी र आफूहरूलाई उक्त अवसरबाट वञ्चित गराउने मनसाय भएको दाबी गर्दै उनीहरूले अन्तरिम आदेशको माग गरेका छन् । 

छनोट समितिलाई बारम्बार आग्रह गर्दा पनि सुनुवाइ नभएपछि अदालत आउन बाध्य भएको र रिट निवेदनमा अन्तरिम आदेश जारी नहुँदा अपुरणनीय क्षति हुने रिटमा उल्लेख छ । कार्यविधिका मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने राखिएको छ । यो व्यवस्थामा मेडिकल क्षेत्र नसमेटिने डाक्टरहरूको जिकिर रिटमा छ । 

योग्यताको विषयमा थप प्रस्ट पार्न छनोट समितिका संयोजक केयूका पूर्व उपकुलपति सुरेशराज शर्मालाई आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो डाक्टरहरूको छ । 

शुक्रबार, २६ पुस २०८१, १६ : १४

प्रतिक्रिया