राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटघाट

शुक्रबार, २६ पुस २०८१, १७ : ३६

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता  गरेका छन् । 

सो भेटमा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपतिसँगको भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी रहेका थिए ।

शुक्रबार, २६ पुस २०८१, १७ : ३६

प्रतिक्रिया