काठमाडौं - सर्लाही क्षेत्रमा उत्पादन भएको टाटे सिमीमा विषादी भेटिएको छ ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले शुक्रबार टाटे सिमीमा विषादी देखिएको हो ।
सो सिमीमा ५५.५११ कार्वमेट र ३०.५४४२ अर्गानोफस्फेट नामक विषादी पाइएको हो । पछिल्लो समय सागजन्य तरकारीमा समेत विषादीको प्रयोग अत्यधिक हुन थालेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर र सर्लाही क्षेत्रमा उत्पादित साग तथा टाटे सिमीमा विषादीको प्रयोग बढी भेटिएको छ ।
कालीमाटी तरकारी बजार विकास समितिले दैनिक रूपमा परीक्षण गर्ने रिपोर्टमा रायो, भाजी, जिरी, मार्फा, पाकुचा, टाटे सिमी लगायत तरकारीमा विषादी भेटिएका हुन् ।
प्रतिक्रिया