काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु, आजै थुनछेक बहस हुने

आइतबार, २८ पुस २०८१, १३ : ०९

काठमाडौं- सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बयान सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा बयान सुरु भएको हो । काठमाडौं जिल्ला अदालतका ६ नम्बर बरीयताका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान सकिएपछि आजै थुनछेक बहस हुनेछ । 

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि उनी आइतबार आफैँ अदालतमा हाजिर भएका हुन् । गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरेको छ ।

आइतबार, २८ पुस २०८१, १३ : ०९

प्रतिक्रिया